Logo

२०८३, कार्तिक २८गते


images
images

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ नेतृत्व

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ नेतृत्व

images
  • होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ नेतृत्व
    images

    देवदह । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

    images
    images
    images

    संघको अध्यक्षमा दामोदर नेपाल,वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । भने संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

    images
    images
    images

    कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ्ग, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    images
    images

    पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

    बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

    आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।