Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

images
  • नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले भोगिसकेको उल्लेख गरे। राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको बताए।

    images
    images
    images

    उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गर्दै नेपाली जनताले कुनै पनि मोडलको राजतन्त्र नचाहेको स्पष्ट पारे।

    images
    images

     सांसद निधीले भने, 'हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन। नेपालमा संघीयता र गणतन्त्र जनताको सार्वभौम अधिकार सुनिश्चित गर्नका लागि ल्याइएको हो।'   पृथ्वीनारायण शाहको राजतन्त्रदेखि त्रिभुवन, ज्ञानेन्द्र, वीरेन्द्रलगायतका राजाहरूका शासन मोडल नेपाली जनताले भोगिसकेको उनको भनाई छ।

    उनले थपे, 'राजतन्त्रको दुष्परिणाम नेपाली जनताले देखिसकेका छन्। अहिले हामीले राजनीतिकरूपमा उन्नत प्रणालीका रूपमा गणतन्त्र स्थापित गरिसकेका छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरू प्रतिवद्ध छन्, त्यसैले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्किने सम्भावना छैन। नेपाली जनताले कुनै पनि मोडलको राजतन्त्र चाहेका छैनन्, र यसका लागि हामी जे गर्न पनि तयार छौँ।'

    सांसद निधीले संविधान संशोधन गरी प्रदेशहरूलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए। संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय कानून निर्माण तत्काल आवश्यक रहेको उनले धारणा राखे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।