Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

images
  • यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
    images

    काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा छ।

    images
    images
    images

    आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

    images
    images
    images

    आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने भएकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्नेछ। महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।