काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
दिउँसो कोशी, लुम्बिनी, मधेसलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
राति पनि कोशी, मधेस, गण्डकी र कर्णालीका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सम्भावित असर हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology