Logo

२०८३, आश्विन ९गते


images
images

ती चिया दुकान पुराना भए, ती दोबाटा बिराना भए

ती चिया दुकान पुराना भए, ती दोबाटा बिराना भए

images
  • सेतोमसी सहकर्मी
  • ती चिया दुकान पुराना भए, ती दोबाटा बिराना भए
    images
    images

    तिमी...अरु कसैको नासो नै सहि ,

    images
    images
    images

    तर के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    images
    images
    images

    म उठाउने छु ती प्रश्न हरु..

    images
    images
    images

    जुन हामी सम्बन्धमा रहदा मैले कहन सकेको थिइन् ,

    म दिन चहान्छु ती उत्तर हरु..

    जुन हामी सम्बन्धमा रहदा मैले दिन सकेको थिइन् ,

    तर के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    तिमी न आत्तिनु..

    अनि न डराउनु ,

    म आँखा मा आँखा जुधाएर बोल्ने छैन,

    जसरि हामी एक अर्काको ढुक्ढुकी हुँदा जुधाउने गर्थ्ये,

    जसरि हामी एक अर्काको परिपुरक हुँदा तिम्रो करिब पर्थे,

    तर के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    म सोध्ने छु..

    के त्यहाँ  चल्ने चिसो शिरेटोले मेरो याद दिलाउथ्यो कि नाई ?

    त्यहाँ बर्सिने बर्सातले मेरो आभास दिलाउथ्यो कि नाई ?

    तिमी सोध्न सक्ने छौ ,

    फुल र काडा मा के मन पर्छ ?

    जुन र तारा मा के मन पर्छ ?

    दिन र रात मा के मन पर्छ ?

    भिडभाड र एकान्त मा के मन पर्छ ?

    तर के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    म दिने छु तिम्रा यी औचित्यहिन प्रश्नका उत्तर हरु ,

    फुल जिन्दगी बाट गए पछि काडा रोज्ने गरेको छु भनी,

    जुनले साथ छोडे झरी जाने तारा मन पर्छ भनी,

    सम्झन र बिछोडको आँसु बगाउन रात मन पर्छ भनी,

    भिडभाड छाडी एकान्तमा आफुलाई पाउछु भनी ,

    भो छोड यी सब कुरा हरु..

    के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    म हेर्न चाहान्छु , तिम्रा ती रुपहरु..

    जुन समयको बगाई सगै कति कथा बोकेर बसेका छन ,

    म हेर्न चहान्छु ती हात हरु..

    जो मलाई नसमाई अरु कसैको साथमा बाधिन पुगेका छन,

    त्यो..

    चिया दुकान नहोला,

    त्यो भेट्ने दोबाटो नहोला,

    ती एक अर्कालाई समाई दुनियाँ नै हाम्रो हो भन्दै हिड्ने गल्ली नहोला,

    तर के हामी अबको २०-३० बर्ष पछि भेट्न सक्छौ ?

    ती चिया दुकान पुराना भए,

    ती दोबाटा बिराना भए,

    ती गल्ली मा अरु कोहि हामी जस्तै गरि नहिड्लान,

    तर तिम्रो याद र तिमी प्रतिको माया

    अझै मानसपटलमा उस्तै नै छ !

    शिशिरले वसन्त डाके जस्तै,

    घामले जुन डाके जस्तै,

    चारो खोज्न निस्केको चरी , साझ गुड फर्के जस्तै,

    १० मिनेट नै सहि, तर के हामी फेरि ३०-३५ बर्स अगाडि फर्किन सक्छौ ?

    जहाँ तिमी म बिना बाच्ने थिएनौ ,

    अनि म तिमी बिना !

    लेखक  : शिव ढकाल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहित्य
  • # शिव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।