काठमाडौं । इजरायली सुरक्षा अधिकारीहरूले गाजामा गरिएको हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेका छन्। दुई महिनाको युद्धविराम समाप्त भएपछि मङ्गलबार पुनः सुरु भएको इजरायली आक्रमणमा जहजुह मारिएका हुन्।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार हवाई आक्रमण सुरु भएदेखि कम्तीमा ५०६ प्यालेस्टिनी मारिएका छन्, जसमा २०० बालबालिका छन्। सोही आक्रमणमा हमासको सामान्य सुरक्षा बलभित्र खान युनिस क्षेत्रका प्रमुख आयमान अत्सलिहको पनि मृत्यु भएको छ।
यसैबीच, इजरायली सेनाले इस्लामिक जिहादको हतियार तस्करी एकाइका वरिष्ठ लडाकु इस्माइल अब्द अल–आललाई मारिएको दाबी गरेको छ। अब्द अल–आलले हालका वर्षहरूमा समूहको हतियार तस्करीको नेतृत्व गरेको आरोप छ।
इजरायलले हवाई आक्रमण पुनः सुरु गरेपछि हमासका राजनीतिक ब्युरोका सदस्य तथा गाजाको सरकारी अनुगमन समितिका प्रमुख इस्साम अल–दालिससहित धेरै वरिष्ठ हमास अधिकारीहरू मारिएको जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology