Logo

२०८३, कार्तिक २८गते


images
images

खानेपानी

नेपाललाई खानेपानी व्यवस्थापनको नमूना राष्ट्र बनाउँछौं : खानेपानी मन्त्री यादव

नेपाललाई खानेपानी व्यवस्थापनको नमूना राष्ट्र बनाउँछौं : खानेपानी मन्त्री यादव

images
  • नेपाललाई खानेपानी व्यवस्थापनको नमूना राष्ट्र बनाउँछौं : खानेपानी मन्त्री यादव
    images

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउने बताएका छन्। शनिबार विश्व खानेपानी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले सुरक्षित र दीगो खानेपानी व्यवस्थापनका लागि रणनीतिक योजना तयार पारिने बताए।

    images
    images
    images

    जलस्रोतमा धनी नेपालले उचित व्यवस्थापन गर्न नसक्दा चुनौती झेल्नुपरेको उल्लेख गर्दै उनले विज्ञहरूसँग छलफल गरी प्रभावकारी नीति तथा कार्यक्रम ल्याइने स्पष्ट पारे।

    images
    images
    images

    मन्त्री यादवका अनुसार खानेपानीमा सुधार गर्न विकास साझेदार, दातृनिकाय, निजी क्षेत्र तथा गैरसरकारी संस्थासँग सहकार्य गरिनेछ। "नेपाल जलस्रोतमा धनी भए पनि व्यवस्थापन, वितरण र सेवा गुणस्तर सुधार गर्न अझै धेरै चुनौती छन्। सरकार वैज्ञानिक समाधानमार्फत नीति कार्यान्वयन गर्दै अघि बढ्नेछ," उनले भने।

    images
    images

    संविधानले खानेपानीलाई मानव अधिकारका रूपमा सुनिश्चित गरिसकेको छ, तर व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण छ। मन्त्री यादव भन्छन्, "संवैधानिक व्यवस्थालाई प्रभावकारी बनाउन सुधार आवश्यक छ। विज्ञहरूसँग छलफल गरी आगामी बजेटमा खानेपानी क्षेत्रमा फड्को मार्ने योजना ल्याउँछौँ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।