Logo

२०८३, कार्तिक २८गते


images
images

नेपालमा न त राजतन्त्र आउँछ, न त राणाशाही फर्किन्छ : कांग्रेस नेता निधी

नेपालमा न त राजतन्त्र आउँछ, न त राणाशाही फर्किन्छ : कांग्रेस नेता निधी

images
  • नेपालमा न त राजतन्त्र आउँछ, न त राणाशाही फर्किन्छ : कांग्रेस नेता निधी
    images

    जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब कहिल्यै नफर्किने बताएका छन्। शनिबार जनकपुरमा आयोजित कार्यक्रममा उनले नेपालमा राजतन्त्र पुनःस्थापित हुन सम्भव नभएको स्पष्ट गरे। 

    images
    images
    images

    "केही समूहले राजतन्त्र फर्किन्छ भनेर प्रचार गरे पनि नेपालमा न त राजतन्त्र आउँछ, न त राणाशाही फर्किन्छ।" निधीले भने, "अरू देशहरूमा राजतन्त्र अन्त्य हुँदा राजाहरूको अवस्था के भयो भन्ने इतिहासले देखाइसकेको छ। नेपालमा पनि राजा अपदस्त मात्रै होइन, अस्वीकृत भइसकेका छन्। जननिर्वाचित संसद्ले नै राजतन्त्रलाई अस्वीकार गरिसकेको छ। नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह हुन्। गणतन्त्रको जग बलियो भएकाले यसलाई कसैले हल्लाउन सक्दैन।"

    images
    images
    images

    उनले केही व्यक्तिहरूले 'राजतन्त्र फर्किन्छ' भनेर प्रचार गरे पनि त्यो केवल हल्ला मात्र भएको बताए। पृथ्वीनारायण शाहले साना राज्यहरूलाई एकीकरण गरी नेपाल बनाएको उल्लेख गर्दै उनले भने, "पृथ्वीनारायण शाहको योगदानका कारण उनी सम्मानका पात्र हुन्। तर, पछि राजाहरूमा शक्ति लोभ बढ्दै गयो। राणा प्रधानमन्त्रीहरूले १०४ वर्ष शासन गरे। राजा मात्र भएर केही हुँदैन, जनताको साथ र समर्थन चाहिन्छ।"

    images
    images

    सांसद निधीले देशको मालिक जनता भएकाले कुनै पनि व्यक्ति देशको मालिक बन्न नसक्ने बताए। सार्वभौम सत्ता अब जनतामा निहित रहेको उनको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।