Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा वाथ रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने

देवदहमा वाथ रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने

images
  • देवदहमा वाथ रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा वाथ रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर  संचालन हुने भएको छ । नेसनल बाथ रोग सेन्टर बुटवलको आयोजना एवं यशोधरा भिक्षुणी विहार शितलनगरको व्यवस्थापनमा स्वास्थ्य शिविर हुने भएको हो ।

    images
    images
    images

    चैत्र २० गते देवदह -७, शितलनगरस्थित यशोधरा भिक्षुणी विहारको परिसरमा हुने शिविरमा विशेषज्ञ चिकित्सकद्वारा वाथरोगको परिक्षण, सुगर परिक्षण तथा निशुल्क औषधि वितरण एवं परामर्श दिईने नेशनल बाथरोग सेन्टरका व्यवस्थापक अविनास पल्लीले बताए । शिविरमा दुई सय जना भन्दा बढीलाई परिक्षण, परामर्श तथा निशुल्क औषधि वितरण  गर्ने लक्ष्य राखिएको व्यवस्थापक पल्लीले जानकारी दिए । 

    images
    images
    images

    वाथ रोगको समस्याले ४० वर्ष भन्दा माथि महिला-पुरुष र जेष्ठ नागरिकहरुलाई बढी प्रभावित पार्ने भएकाले यस रोग सम्बन्धि जनचेतना फैलाउन  शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    देवदह क्षेत्रका नागरीकहरुमा स्वास्थ्य सम्बन्धि जनचेतना विस्तार गर्न तथा स्वस्थ्य जीवन जीउनका लागि अभिप्रेरणा प्रदान गर्न शिविर महत्त्वपूर्ण हुने यशोधरा भिक्षुणी विहारका संरक्षक उपेखा गुरुमाले बताईन् । भिक्षुणी विहार मानव कल्याणको लागि कृयाशिल रहेको बताउँदै उनले स्वास्थ्य शिविरबाट पनि सामाजिक सेवालाई योगदान दिन खोजिएको बताईन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।