काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे बस्ने तय गरिएको छ। सत्रौँ अधिवेशनको १६औँ बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८१ छलफलका लागि प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ पेश गर्ने कार्यक्रम रहेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक बैठकमा प्रस्तुत गर्नेछन्। ती विधेयकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८१ रहेका छन्।
बैठकमा प्रस्तुत विधेयकहरूमाथि छलफलपछि आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology