Logo

२०८३, आश्विन ९गते


images
images

सुडानी सेनाद्धारा मध्य खार्तुममा थप रणनीतिक स्थलहरू कब्जा

सुडानी सेनाद्धारा मध्य खार्तुममा थप रणनीतिक स्थलहरू कब्जा

images
  • सुडानी सेनाद्धारा मध्य खार्तुममा थप रणनीतिक स्थलहरू कब्जा
    images
    images

    काठमाडौं । सुडानी सशस्त्र बलले शनिवार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताए । 

    images
    images
    images

    कोरिन्थिया होटल र रणनीतिक सुविधा प्रशासन नियन्त्रण लिएको बताउनु भयो । सेनाले मध्य खार्तुमका प्रमुख स्थानहरूमा नियन्त्रण पनि मजबुत बनाएको छ । जसमा जैन टावर, सुडानको केन्द्रीय बैंक, सहेल र सहारा बैंक टावर, सहकारी टावर, बायान कलेज, राष्ट्रिय संग्राहलय, सुडान विज्ञान र प्रविधि विश्वविद्यालय र मैत्री हल समावेश छन् । 

    images
    images
    images

    शुक्रवार सुडानी सेनाले मध्य खार्तुममा राष्ट्रपति दरबार र सरकारी मुख्यालयको नियन्त्रण लिएको घोषणा गरेको छ । संयुक्त राष्ट्र संघले उद्धृत गरेको सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाकाअनुसार सुडान अप्रिल २०२३ को मध्यदेखि द्वन्द्वमा फसेको छ । जसमा लगभग ३० हजार जनाको ज्यान गएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।