Logo

२०८३, आश्विन १०गते


images
images

विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने

विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने

images
  • विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने
    images
    images

    देवदह । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने प्रस्ताव बहुमतले पारित गरेको छ। सिंहदरबारमा बसेको बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भयो। समितिले विश्वविद्यालयको सभाको सभाध्यक्ष सहकुलपतिको रूपमा शिक्षामन्त्री रहने प्रस्ताव पारित गर्‍यो। बैठकले विश्वविद्यालयको उपकुलपतिसहितका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने सहमति जनाएको छ।

    images
    images
    images

    प्रतिपक्षी दलका सांसदहरुले विश्वविद्यालयको कुलपति समेत खुला प्रतिष्पर्धाको माध्यमबाट प्राज्ञिक व्यक्तिलाई राख्नुपर्ने धारणा राखेका थिए । उनीहरू भन्छन्, विश्वविद्यालयको नेतृत्व प्राज्ञिक व्यक्तिले सम्हाल्नुपर्छ। प्रधानमन्त्रीले धेरै विश्वविद्यालय हाक्न सक्दैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने प्रधानमन्त्रीलाई नै कुलपति बनाउने प्रस्तावको बचाउ गरिन्। ‘प्रधानमन्त्री कुलपति रहने विषयमा राष्ट्रिय सभाको म्यान्डेट छ, त्यसलाई सम्मान गर्नुपर्छ,’ उनले भनिन्।

    images
    images
    images

    प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्र पौडेलले भारतको केरलालाई उदाहरण दिए। ‘त्यहाँ प्रधानमन्त्री कुलपति छैनन्, तर विश्वविद्यालय राम्रैसँग चलेका छन्। प्रतिस्पर्धाबाट आएका प्राज्ञिक व्यक्तिहरूले विश्वविद्यालय राम्रोसँग सञ्चालन गर्छन्,’ उनले भने।

    images
    images
    images

    कांग्रेस सांसद चन्द्रकान्त भण्डारीले उपकुलपति लगायतका पदाधिकारी नियुक्ति वैज्ञानिक प्रतिस्पर्धाबाट हुनुपर्ने बताए। ‘लोकसेवाको आफ्नै प्रक्रिया छ, विश्वविद्यालय पदाधिकारी नियुक्ति त्यस्तै हुनुपर्छ,’ उनले भने। कुलपति प्रधानमन्त्री रहने विषय उनले समर्थन गरेनन्। ‘ठीक छैन, तर बाध्यताले सहमति गर्नुपरेको हो,’ उनले भने।

    शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो। सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।