Logo

२०८३, कार्तिक २८गते


images
images

लुम्बिनीमा पुन: प्रयोग गर्न सकिने प्याड सम्बन्धी ४ दिने तालिम

लुम्बिनीमा पुन: प्रयोग गर्न सकिने प्याड सम्बन्धी ४ दिने तालिम

images
  • लुम्बिनीमा पुन: प्रयोग गर्न सकिने प्याड सम्बन्धी ४ दिने तालिम
    images

    लुम्बिनी । वर्ल्डलिन्क सीएसआर र एक्स-पोज नेपालको सहकार्यमा पुन: प्रयोग गर्न सकिने प्याड सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ को कार्यालय पदरियामा आयोजित तालिमले महिलाहरूलाई स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणका लागि सचेतना जगाउँदै आत्मनिर्भर बन्न प्रेरित गरेको जनाइएको छ।

    images
    images
    images

    २० जना सहभागी तालिममा महिनावारी स्वच्छता र पुन: प्रयोग गर्न सकिने प्याड निर्माण सम्बन्धी सिकाइलाई महत्वपूर्ण उपलब्धि भएको प्रशिक्षार्थीले बताए। प्रशिक्षक तथा आयोजकहरूले महिलाहरूलाई आर्थिक सशक्तिकरण तर्फ अघि बढ्न प्रोत्साहित गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

    images
    images
    images

    तालिम पश्चात सहभागी महिलाहरूले स्थानीयस्तरमा नै पुन: प्रयोग गर्न सकिने प्याड निर्माण गर्दै आयआर्जन गर्ने योजना बनाएका छन्। यस कार्यक्रमले महिनावारी सरसफाइ, प्लास्टिक न्यूनिकरण तथा वातावरण संरक्षण मा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

    images
    images

    कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, नगर उप प्रमुख कल्पना हरिजन, सशस्त्र प्रहरी बल, लुम्बिनी बेसका प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा,  वल्र्डलिकं कम्यूनिकेसन्सकी प्रमोटर सेयरहोल्डर तथा वर्ल्डलिंक सीएसआर प्रमुख अनुपा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।