Logo

२०८३, आश्विन ९गते


images
images

विश्व क्षयरोग दिवस

देवदहमा मनाइयो विश्व क्षयरोग दिवस, ५६ जना विरामीले गर्छन् नियमित औषधी सेवन

देवदहमा मनाइयो विश्व क्षयरोग दिवस, ५६ जना विरामीले गर्छन् नियमित औषधी सेवन

images
  • देवदहमा मनाइयो विश्व क्षयरोग दिवस, ५६ जना विरामीले गर्छन् नियमित औषधी सेवन
    images
    images

    देवदह । 'हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता' भन्ने मुल नारासहित देवदहमा विश्व क्षयरोग दिवस मनाइएको छ। देवदहस्थित केरवानी स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरले आ-आफ्नो कार्यालय परिसरमा कार्यक्रम आयोजना गरे ।  

    images
    images
    images

    विश्व क्षयरोग दिवस २०२५ को अवसरमा वडास्तरीय अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रमको साथै ६० वर्ष माथिका जेष्ठ नागरिक, संकास्पद र मधुमेहका बिरामीहरूको खकार परीक्षणको लागि नमुना सङ्कलन र क्षयरोग स्क्रिनिङको पनि सुरुवात गरिएको केरवानी स्वास्थ्य चौकीले जनाएको छ। कार्यक्रमकै अवसरमा क्षयरोग बिरामीलाई छिटोभन्दा छिटो पहिचान गरेर उपचार गरी संक्रमण र क्षयरोग फैलिने दरमा कमि ल्याएर क्षयरोगमुक्त टोल र वडा बनाउनका लागि सबै एकजुट भएर लाग्ने भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरि प्रतिबद्धता जनाइएको छ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले क्षयरोगको परिचय, सर्ने माध्यम, जोखिम तत्व तथा समुदाय, रोकथामका उपाय, उपचार पद्धति र व्यवस्था, क्षयरोग अन्त्यका लागि विभिन्न निकायको भुमिका, क्षयरोगको वर्तमान अवस्था लगायत विषयमा प्रस्तुतिकरणका माध्यमबाट सहजिकरण गरेका थिए ।

    images
    images
    images

    यसैगरी देवदह-७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरले पनि ६० वर्ष माथिका जेष्ठ नागरिक, संकास्पद र मधुमेहका बिरामीहरूको खकार परीक्षणको लागि नमुना सङ्कलन र क्षयरोग स्क्रिनिङ गरेको छ ।  ८० वर्षदेखि माथिका २४ जना सहित ५५ को स्वास्थ्य परिक्षण र अन्तरक्रिया गरिएको केन्द्रका कार्यालय प्रमुख हेमलाल कुँवरले जानकारी दिए । सो अवसरमा नगरपालिकाका स्वास्थ्य निरीक्षक गिरी तरामु लगायतको उपस्थिति रहेको थियो । 

    देवदहमा हाल ५६ जना क्षयरोगी रहेका छन् । उनीहरुले नियमित औषधी सेवन गरिरहेका छन् ।  पछिल्ला दिनहरुमा बच्चादेखि बृद्धसम्म सबैलाई क्षयरोग देखिएको हुनाले सबैजना सजग हुनुपर्ने नगरपालिकाले जनाएको छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।