Logo

२०८३, कार्तिक २८गते


images
images

स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँः सभामुख घिमिरे

स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँः सभामुख घिमिरे

images
  • स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँः सभामुख घिमिरे
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित हुनुपर्ने बताएका छन्। सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा नराख्नुपर्ने स्पष्ट पारे। 

    images
    images
    images

    उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने उनको भनाइ छ। आत्मनिर्भरता हासिल गर्न राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनुपर्नेमा उनले जोड दिए।

    images
    images
    images

    'हामी आत्मनिर्भरताको बाटोमा छैनौँ। भौतिक पूर्वाधारको अतिरिक्त दक्ष जनशक्ति उत्पादन गरी देशमै काम गर्ने वातावरण बनाउन आवश्यक छ। राष्ट्रिय उत्पादन बढाउने, व्यापार घाटा घटाउने, आत्मनिर्भरताका आधार निर्माण गर्ने दिशामा जानुपर्छ। त्यसका लागि विशेष योजना चाहिन्छ,' उनले भने, 'हामीले १९ खर्बको बजेट बनाउन नसक्ने हो भने १५ खर्बमै सीमित गरौँ। नतिजा नदिने योजनाहरु कटौती गरौँ।'

    images
    images

    सभामुख घिमिरेले योजना निर्माण र कार्यान्वयनमा सांसदहरूको भूमिका पुनर्विचार गर्नुपर्ने बताए। 'सांसद नीति निर्माणमा मात्र रहने कि योजना पास गर्ने प्रक्रियामा पनि जोडिने? योजना निर्माणमा सांसदको सिफारिसको भूमिका कस्तो हुने? यी विषयमा गम्भीर बहस आवश्यक छ,' उनले भने, 'परम्परागत तरिकाले योजना बनाइरह्यौँ भने हामीले स्रोतको उचित परिचालन गर्न सक्दैनौँ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।