Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशका पहाडी भूभागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images
  • देशका पहाडी भूभागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    फाइल फोटो
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ।

    images
    images
    images

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।