काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि ती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।
महाशाखाले चट्याङ, हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology