एजेन्सी । स्पेनमा जारी भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार, वर्षाले देशका जलाशयहरूको पानीको स्तरलाई तेस्रो वर्षकै उच्च बिन्दुमा पुर्याएको छ।
वर्षौंको चरम खडेरीपछि विगत १० दिनमा जलाशयहरूको क्षमता ६०.९ प्रतिशतबाट बढेर ६५.८ प्रतिशत पुगेको छ। उत्तरपूर्वी स्पेनको बेल्स जलाशय अहिले ९३ प्रतिशत क्षमतामा भरिएको छ। स्पेनका ३७४ जलाशयमा कुल ५६ हजार घन हेक्टोमिटर पानी भण्डारण गर्ने क्षमता छ।
गत हप्तामात्रै पानीको स्तर २ हजार ७५१ घन हेक्टोमिटरले वृद्धि भई कुल ३६ हजार ८६७ पुगेको छ। अन्डालुसिया र क्याटालोनिया जस्ता खडेरीग्रस्त क्षेत्रहरूमा जलाशयको स्तर क्रमशः ३८ बाट ५० प्रतिशत र ३२ बाट ६७ प्रतिशत पुगेको छ।
म्याड्रिडमा मार्च महिनाले नै वर्षाको नयाँ रेकर्ड तोडिसकेको छ। यस महिना प्रति वर्ग मिटर २१३ लिटरभन्दा बढी पानी परेको छ, जसले १९९७ मा स्थापित १९८ लिटरको रेकर्ड उछिनेको छ। मौसमविद्हरूका अनुसार अझै थप वर्षा हुने सम्भावना छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology