Logo

२०८३, आश्विन ९गते


images
images

वन

वन डढेलोका कारण करोडौं रुपैंयाको नोक्सानी हुन्छ :  डिभिजन प्रमुख बिडारी

वन डढेलोका कारण करोडौं रुपैंयाको नोक्सानी हुन्छ :  डिभिजन प्रमुख बिडारी

images
  • वन डढेलोका कारण करोडौं रुपैंयाको नोक्सानी हुन्छ :  डिभिजन प्रमुख बिडारी
    images
    images

    देवदह । डिभिजन वन कार्यालय रुपन्देहिका प्रमुख प्रविन बिडारीले बर्सेनि लाग्ने वन डढेलोका कारण करोडौं रुपैंयाको नोक्सानी हुनेगरेको बताएका छन् । वन डढेलोका कारण वन्यजन्तुको वासस्थान जलेर नष्ट हुने र वातावरणीय सन्तुलनमा समेत खलल पुग्ने उनले बताए । 

    images
    images
    images

    गाउँ वन समन्वय सञ्जाल रुपन्देहीले देवदहमा आयोजना गरेको ‘वन डढेलो सप्ताह २०८१’ को सचेतना र्याली समापनको अवसरमा बोल्दै उनले डढेलो नियन्त्रणको लागि हरेक वर्ष प्रयास गरेपनि यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको उल्लेख गरे । उनले नेपाल जस्तो गरिव देशमा वन डढेलोले थप समस्या निम्त्याउने बताए ।  

    images
    images
    images

    ‘डढेलो नियन्त्रणको सवैभन्दा उपयुक्त विकल्प भनेको हरेक मानिसमा जगाउने सचेतना हो । मानविय कारणबाटै अधिकांश वनमा डढेलो लाग्ने भएकाले हरेक मानिसको मष्तिष्कमा डढेलो लगाउन हुँदैन भन्ने धारणा विकास हुनुपर्छ ।’ उनले भने, ‘यति गर्न सकियो भने डढेलो नियन्त्रणमा सफलता प्राप्त गरेको मानिनेछ ।’ 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जयकिशन अधिकारीले देवदहका सामुदायिक वनहरुले डढेलो नियन्त्रणका लागि गरिरहेको प्रयासको प्रशंसा गरे । उनले क्याम्पसले समेत यस क्षेत्रमा डढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिए ।

    ryaali 1-min.JPG

    सोहि अवसरमा जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष टेकबहादुर विकले सम्पूर्ण सामुदायिक वनको एकता र सहकार्यका कारण पछिल्ला बर्षहरुमा डढेलो नियन्त्रणमा सफलता मिलिरहेको बताए । उनले सवै उपभोक्ताहरुले समेत डढेलो नियन्त्रणको लागि हातेमालो गर्न आवश्यक रहेको औंल्याए ।

    ryaali 2-min.JPG

    गाउँ वन समन्वय सञ्जाल देवदहको आयोजना र डिभिजन वन कार्यालय रुपन्देही, देवदह नगरपालिका वडा नम्बर ६ र रुपन्देही जिल्ला अन्तर्गतका सञ्जालमा आवद्ध वनहरुको सह आयोजनामा कार्यक्रम भएको हो ।

    सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता, पाल्पाली सामुदायिक वनका अध्यक्ष सरोज थापाको स्वागत र सञ्जालका सचिव टेकवहादुर रानाको सञ्चालनमा भएको समापन कार्यक्रमअघि सचेतना र्याली निकालिएको थियो । उक्त र्यालीमा विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि, महिला समुह तथा सञ्चारकर्मीहरु व्यानर र प्लेकार्ड सहित उपस्थित थिए ।

    सचेतना र्याली मिलन सामुदायिक वन, जनप्रिय सामुदायिक वन हुँदै पाल्पाली सामुदायिक वन देवदह ६ केउलीमा पुगेर सभामा परिणत भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।