काठमाडौं । देशका विभिन्न भूभागमा मौसममा विविध प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको असरका कारण कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानको मौसम मुख्यतः सफा रहनेछ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको असर पर्न सक्ने अनुमान गरिएको छ।
राति पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतः सफा रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।
महाशाखाले मौसम परिवर्तनका कारण हुन सक्ने प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology