Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदै, मुठभेट हुने खतरा

गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदै, मुठभेट हुने खतरा

images
  • गणतन्त्रवादी र राजावादी आमनेसामने  हुँदै, मुठभेट हुने खतरा
    images

    काठमाडौं । आज काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरू आ–आफ्ना मुद्दा लिएर प्रदर्शन गर्दैछन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा प्रदर्शन गर्नेछ भने पूर्वराजा समर्थकहरू तीनकुनेमा भेला हुनेछन्।

    images
    images
    images

    समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन्। उनीहरू भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दैछन्।

    images
    images
    images

    त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजा समर्थकहरू तीनकुनेमा प्रदर्शन गर्दै छन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रसाईंसँगै प्रदर्शनमा सहभागिता जनाउने बताइएको छ।

    images
    images

    सम्भावित तनाव रोक्न कडा सुरक्षा

    काठमाडौं उपत्यका प्रहरीले प्रदर्शनीमार्ग र तीनकुने क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। सम्भावित मुठभेड रोक्न ३५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको कमाण्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    सुरक्षा रणनीतिअनुसार, पूर्वराजा समर्थकलाई चक्रपथ क्षेत्रभित्र प्रवेश गर्न नदिने निर्णय गरिएको छ। उनीहरू चाबहिल–तीनकुने–सातदोबाटो मार्ग प्रयोग गरी प्रदर्शन गर्नेछन्।

    त्यस्तै, समाजवादी मोर्चाका समर्थकहरूको सवारी साधन कोटेश्वरबाट बालकुमारी हुँदै प्रदर्शनीमार्गतर्फ पठाइनेछ। मोर्चाले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेछ।

    प्रदर्शनका क्रममा अवैध गतिविधि हुन नदिन सादा पोसाकका प्रहरीहरू परिचालन गरिएका छन्। कमाण्ड सेन्टरबाट प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले सुरक्षा निगरानी गर्नेछन्।

    काठमाडौंमा दुई पक्षको प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था थप कडा पारिएको छ। तनाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले दुबै पक्षलाई तोकिएको क्षेत्रभित्र सीमित रहन आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।