Logo

२०८३, कार्तिक २८गते


images
images

संसद बैठक

प्रतिनिधि सभा बैठक आज : ओलीको जवाफले संसद् चल्छ कि भड्किन्छ?

प्रतिनिधि सभा बैठक आज : ओलीको जवाफले संसद् चल्छ कि भड्किन्छ?

images
  • प्रतिनिधि सभा बैठक आज : ओलीको जवाफले संसद् चल्छ कि भड्किन्छ?
    images

    काठमाडौँ । प्रतिनिधि सभाको पाँचौं अधिवेशन अन्तर्गत २५ औँ बैठक सोमबार बिहान ११:०० बजे बस्दैछ। लगातार तीन दिनसम्म बैठक अवरुद्ध भएपछि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना छ।

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडान छ। यही कारण अघिल्ला तीन बैठक प्रभावित भएका थिए। ओलीले भने सार्वजनिक रूपमा आफूले जवाफ नदिने बताएका थिए, तर एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकमा प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेछन्।

    images
    images
    images

    आजको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिनेछ। जलस्रोत विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले पेश गर्नेछन् भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाले प्रस्तुत गर्नेछन्।

    images
    images

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नेछन्।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१ छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नेछन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। साथै, उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।

    विपक्षी दलहरूको अडान कायमै रहने वा प्रधानमन्त्रीको सम्बोधनपछि संसद् अघि बढ्ने भन्ने विषय चासोको केन्द्रमा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।