Logo

२०८३, कार्तिक २८गते


images
images

स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको कार्यालय उद्घाटन, नियमित सेवा सञ्चालनको घोषणा

स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको कार्यालय उद्घाटन, नियमित सेवा सञ्चालनको घोषणा

images
  • स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको कार्यालय उद्घाटन, नियमित सेवा सञ्चालनको घोषणा
    images

    बुटवल, चैत १८ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा कार्यालय भवन उद्घाटन गरेको छ। ब्लड बैंक नजिकै नेपालगन्ज रोडमा आयोजित कार्यक्रममा होटल ह्वाइट पाण्डाका सञ्चालक विष्णु कार्कीले उद्घाटन गर्दै सामाजिक सेवामा सधैं सहयोग गर्न तत्पर रहेको बताए।

    images
    images
    images

    कार्कीले संस्थालाई रु. २१,७७७ आर्थिक सहयोग प्रदान गर्दै आजीवन सदस्यता पनि लिएका छन्। यस्तै, संस्थाका कोषाध्यक्ष तुल्सा न्यौपानेले आफ्ना बुबाको जन्मदिनको अवसरमा रु. २,१०० सहयोग गरेकी छन्।

    images
    images
    images

    कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एक दशकभन्दा बढी समयदेखि संस्थाले पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरे। उनले वैकल्पिक ब्लड बैंकको रूपमा कार्यालय स्थापना गरिएको उल्लेख गर्दै प्रारम्भमा बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा उपलब्ध गराइने र क्रमशः २४ घण्टा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए। साथै, रक्त अभाव भएका बिरामीका आफन्तलाई रक्तदातासँग समन्वय गराउने मुख्य कार्य कार्यालयबाट सञ्चालन गरिने जानकारी दिए।

    images
    images

    नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र बुटवलकी सदस्य सचिव राधा शर्माले वर्षभरि सबैभन्दा धेरै रक्तदान कार्यक्रम आयोजना गर्दै आएको भन्दै संस्थाको योगदान उल्लेखनीय रहेको बताइन्।

    मृगौला तथा मुटु पीडित सरोकार संघका अध्यक्ष कृष्ण मल्लले ५०० भन्दा बढी मृगौला पीडितहरूका लागि समाजले उत्कृष्ट कार्य गरिरहेको बताउँदै अझ रचनात्मक रूपमा अगाडि बढ्न सुझाव दिए।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका मन्त्री टेकबहादुर थापा, तिनाउ हस्पिटल प्रालिका अध्यक्ष चिरञ्जीवी जोशी, समाजसेवी कृष्णप्रसाद भट्टराई, कानुनी सल्लाहकार सुजन भण्डारी, र समाजका सचिव अर्जुन पौडेलले सामाजिक सेवाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।