काठमाण्डौ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेका छन्।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री गुरुङले गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको जानकारी दिए।
"तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना रोक्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ," मन्त्री गुरुङले भने। उनले अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकलाई नेपाल सरकारले हार्दिक अपिल गरेको पनि उल्लेख गरे।
त्यस्तै, घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology