Logo

२०८३, आश्विन १०गते


images
images

६८औं राष्ट्रिय सहकारी दिवस

सहकारीहरू उत्पादनसँग अनिवार्य जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

सहकारीहरू उत्पादनसँग अनिवार्य जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

नियतबस खोलिएका केही सहकारी संस्थाका कारण राम्रो काम गरिरहेका सहकारीहरूमाथि पनि प्रश्न
images
  • सहकारीहरू उत्पादनसँग अनिवार्य जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनसँग नजोडिएसम्म प्रदेशको समृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई सम्मान गर्दै उनले स्थानीय उत्पादन बढाउन सहकारीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

    images
    images
    images

    ‘सहकारीहरू जुन लक्ष्य र उद्देश्य लिएर स्थापना भएका थिए, त्यो अनुसार उत्पादनसँग जोडिन सकेका छैनन्,’ उनले भने, ‘तर सहकारीको माध्यमबाट स्थानीय उत्पादन बढाउन, किसानको उत्पादन बजारसम्म पुऱ्याउन र जीवनस्तर उकास्न सकिन्छ।’

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए। समाजवादको आधारशिला नै सहकारी भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

    images
    images
    images

    ‘नियतबस खोलिएका केही सहकारी संस्थाका कारण राम्रो काम गरिरहेका सहकारीहरूमाथि पनि प्रश्न उठ्ने अवस्था आएको छ,’ उनले भने, ‘तर राम्रो काम गर्ने सहकारी अभियन्ताहरूलाई विचलित हुन दिने छैनौं। उपभोक्ताको रकम अपचलन गर्ने सहकारीलाई निरुत्साहित गर्दै कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको छ।’

    सरकारले राम्रो काम गरेका सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्ने नीति लिएको बताउँदै उनले सहकारी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका चार सहकारी संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।