Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १६६ जनाले लिए सेवा

देवदहमा वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १६६ जनाले लिए सेवा

images
  • देवदहमा वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १६६ जनाले लिए सेवा
    images
    images

    देवदह । रुपन्देहीको देवदह-७, शीतलनगरमा वाथ रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेशनल वाथ रोग सेन्टर, बुटवलको आयोजना र यशोधरा भिक्षुणी विहार, शीतलनगरको व्यवस्थापनमा भएको शिविरमा ४० वर्ष माथिका १६६ जना जेष्ठ नागरिक तथा अन्य महिलाहरू र पुरुषहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रम उद्घाटन गर्दै यशोधरा भिक्षुणी विहारकी अध्यक्ष न्यानोवती गुरुमाले स्वास्थ्य नै जीवनको महत्त्वपूर्ण सम्पत्ति भएकाले सबै जना सचेत रहनुपर्ने बताइन्। विहार केवल धर्म प्रचार गर्ने स्थल नभई यसले सामाजिक तथा स्वास्थ्य चेतना अभिवृद्धिमा पनि योगदान दिइरहेको उनले उल्लेख गरिन्।

    images
    images
    images

    नेशनल वाथ रोग सेन्टर, बुटवलका व्यवस्थापक अविनाश पल्लीले वाथ रोगसम्बन्धी जनचेतना विस्तार गर्न शिविर आयोजना गरिएको बताए। वाथ रोगको असर र प्रभावबारे जानकारी फैलाएर स्वस्थ समाज निर्माण गर्न आफूहरू लागिपरेको उनले बताए।

    images
    images
    images

    यशोधरा भिक्षुणी विहार संरक्षण समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता र सहसचिव किसन बहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा देवदह नगरपालिका-७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, यशोधरा भिक्षुणी विहार संरक्षण समितिका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले स्वास्थ्य चेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।