Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

देवदह वडा कप भलिबलको उपाधि वडा नं. ६ लाई

देवदह वडा कप भलिबलको उपाधि वडा नं. ६ लाई

images
  • देवदह वडा कप भलिबलको उपाधि वडा नं. ६ लाई
    images
    images

    देवदह । देवदह धनुषबाण क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नं. ६ ले उपाधि हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा वडा नं. ७ लाई पराजित गर्दै वडा नं. ६ च्याम्पियन बनेको हो।

    images
    images
    images

    खेलको पहिलो सेट २२–२५ ले जित्दै वडा नं. ७ अग्रता बनाएको थियो। तर, त्यसपछि वडा नं. ६ ले दोस्रो र तेस्रो सेट क्रमशः २५–२० र २५–२२ को अन्तरले जित्दै २–१ को अग्रता बनायो। चौथो सेटमा वडा नं. ७ ले २५–११ को फराकिलो जित निकाल्दै खेललाई २–२ को बराबरीमा ल्यायो। अन्तिम तथा निर्णायक सेटमा १५–८ को फराकिलो जित निकाल्दै वडा नं. ६ ले उपाधि कब्जा गर्यो।

    images
    images
    images

    विजेता बनेको वडा नं. ६ ले नगद ३५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता वडा नं. ७ ले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।

    images
    images
    images

    तेस्रो स्थानका लागि भएको खेलमा वडा नं. ५ ले वडा नं. ६ (सरनवारी) लाई सोझो सेटमा पराजित गर्दै जीत हासिल गर्यो। वडा नं. ५ ले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने वडा नं. ६ (सरनवारी) ले सान्त्वना स्थान हात पार्दै नगद ७ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो।

    देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य मिलन मास्की रानालगायतको उपस्थिति थियो। प्रतियोगिता क्लबका अध्यक्ष लक्ष्मण सिंकिजाको अध्यक्षता, सल्लाहकार विष्णु गुरुङको स्वागत र सचिव कृष्ण तिवारीको सञ्चालनमा सम्पन्न भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।