Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशभर तापक्रम बढ्दै

देशभर तापक्रम बढ्दै

images
  • देशभर तापक्रम बढ्दै
    images

    काठमाडौं । देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरले लुम्बिनी प्रदेशसहित पहाडी भेगमा आंशिक बदली देखिएको छ।

    images
    images
    images

    दिउँसो कोशी, मधेस र पहाडी भेगमा आंशिक बदली रहनेछ, भने अन्य स्थानहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    images
    images
    images

    राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ।

    images
    images

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भए पनि देशभर तापक्रम वृद्धि हुँदै जानेछ। यसका कारण सुख्खापन, आगलागी र वायु प्रदूषण बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।