काठमाडौं । चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले ताथलीमा भइरहेको माटो र बालुवा तस्करीमा काठमाडौं क्यान्सर अस्पतालको मिलेमतो रहेको दाबी गरेका छन्।
संचारकर्मीसँग कुरा गर्दै उनले अस्पतालको वरिपरिबाट रातभर माटो र बालुवा अवैध रूपमा उत्खनन भइरहे पनि प्रशासन मौन रहेको बताए। ‘तस्करी रोक्न डोजरमा ताल्चा लगाए पनि नक्कली साँचो बनाएर लैजाने गरिएको छ,’ बुढाथोकीले भने, ‘मैले बालुवा लिलामी प्रक्रियामा अघि बढाउन निर्देशन दिइसकेको छु, तर अस्पतालले अहिलेसम्म कुनै जानकारी दिएको छैन। यसले उनीहरूको संलग्नता देखाउँछ।’
'अस्पताल वरपर यत्रो मात्रामा माटो र बालुवा उत्खनन हुँदा पनि प्रशासनले कुनै प्रतिक्रिया नजनाउनु मिलेमतोकै संकेत हो।' उनले भने, 'हिजो मैले आफैं ताल्चा लगाएर आएपछि पनि किन लगाइयो भनेर सोधिएन। यो मौनता अस्पतालकै संलग्नताको प्रमाण हुन सक्छ।'
बुढाथोकी भन्छन् ‘नगरपालिकाको अनुमति बिना कसैले माटो र बालुवा झिकेको प्रमाण भेटिए, ती व्यवसायीका सम्पूर्ण सेवा–सुविधा रोकिनेछ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology