Logo

२०८३, कार्तिक २८गते


images
images

जनमत र नागरिक उन्मुक्तिबीच एकता : वैशाख १५ भित्र घोषणा ?

जनमत र नागरिक उन्मुक्तिबीच एकता : वैशाख १५ भित्र घोषणा ?

images
  • जनमत र नागरिक उन्मुक्तिबीच एकता : वैशाख १५ भित्र घोषणा ?
    images

    काठमाडौं । तराई-मधेस केन्द्रित दुई दल— जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै पार्टीका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा जुटिरहेका छन्।

    images
    images
    images

    एकता प्रक्रियालाई टुङ्ग्याउन गठित कार्यदलहरूले विभिन्न चरणमा बैठक बसिसकेको छ। जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक अब्दुल खानका अनुसार एकता वैशाख १५ भित्र घोषणा गरिनेछ। ‘पार्टीको नाम, झण्डा, चुनाव चिन्ह टुंगिसकेको छ, विधान लेखनको काम भइरहेको छ। अब पदाधिकारीको टुंगो लगाउन मात्रै बाँकी छ,’ उनले भने।

    images
    images
    images

    उनका अनुसार वैशाखको पहिलो सातासम्म दुवै पार्टीका केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिनेछ। दोस्रो सातामा पार्टी एकीकरण घोषणा गर्ने तयारी छ।

    images
    images

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यदल तहमा छलफल जारी रहेको र चाँडै निर्णयमा पुगिने बताइन्। ‘कार्यदलको निष्कर्षअनुसार शीर्ष नेताहरूले अन्तिम निर्णय लिनेछन्,’ उनले भनिन्।

    जनमत पार्टीका प्रवक्ता डा. शरद् सिंह यादवका अनुसार पार्टी एकीकरणका मुख्य विषयमा सहमति भइसकेको छ। ‘नाम, नेतृत्व र पदाधिकारीको विषय टुंगिएको छ, अब बाँकी विषय चाँडै टुंग्याएर एकता घोषणा गर्नेछौं,’ उनले बताए।

    गत दुई महिनादेखि जारी छलफलपछि दुवै दलले कार्यदल गठन गरेपछि प्रक्रिया तिव्र बनेको हो। अब अन्तिम सहमति जुटाएर एकता घोषणा मात्र बाँकी रहेको नेताहरू बताउँछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।