Logo

२०८३, कार्तिक २८गते


images
images

साना देशहरुमाथि जोखिम बढ्दैछ : प्रधानमन्त्री ओली

साना देशहरुमाथि जोखिम बढ्दैछ : प्रधानमन्त्री ओली

images
  • साना देशहरुमाथि जोखिम बढ्दैछ : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरू विभिन्न जोखिमको चपेटामा परेको भन्दै सबैलाई सजग रहनु आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एशिया इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा प्रवचन दिँदै जलवायु परिवर्तनको असर, हतियारको बढ्दो प्रयोग, तथा साना देशहरूमाथिको बढ्दो चुनौती बारे चिन्ता व्यक्त गरे।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले देशहरूलाई जोखिममा पारिरहेको उल्लेख गर्दै यसबारे तत्काल कदम नचालिए गरीबी र कष्ट थपिने चेतावनी दिए। उनले विश्वव्यापी रूपमा हतियारको प्रयोगले मानवता नै संकटमा पारिरहेको भन्दै साना देशहरूको पीडा सुन्ने कोही नभएको बताए। विश्व मानवता र भ्रातृत्वको रक्षाका लागि एकजुट हुन आवश्यक रहेको उनको धारणा छ।

    images
    images
    images

    ओलीले गरिबी निवारण र समृद्धि हासिल गर्ने नेपाल सरकारको योजना सम्पूर्ण विश्वका लागि शान्ति र सहकार्यको विकास मोडल बन्न सक्ने उल्लेख गरे।

    images
    images

     एशिया इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा नेपाली विद्यार्थीको उपस्थिति उल्लेख्य छ। हाल १८१ नेपाली विद्यार्थी अध्ययनरत छन्, भने हालसम्म १७०० भन्दा बढी नेपालीहरूले यहाँ अध्ययन पूरा गरिसकेका छन्। नेपाली विद्यार्थी संख्या आधारमा नेपाल पाँचौं स्थानमा रहेको छ।

    नेपाल (एआइटी) को बोर्ड अफ ट्रस्टी समेत हो। नेपाल सरकारले यस संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गर्न १ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।