Logo

२०८३, कार्तिक २८गते


images
images

सहकारी ठगी प्रकरण

रातारात पक्राउ गरिएका रवि लामिछानेलाई आज भैरहवा लगिंदै

रातारात पक्राउ गरिएका रवि लामिछानेलाई आज भैरहवा लगिंदै

images
  • रातारात पक्राउ गरिएका रवि लामिछानेलाई आज भैरहवा लगिंदै
    फाईल तस्वीर
    images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा राख्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ। शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरिएका उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ।

    images
    images
    images

    तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो। उनले संगठनगत रूपमा सहकारी ठगी गरेको आरोप खेप्दै आएका छन्। अदालतको आदेशसँगै प्रहरी राति नै उनको घर पुगेको थियो। 
     
    यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतले त्यो आदेश उल्ट्याउँदै थुनै दिनुपर्ने ठहर गरेको हो। बुटवलको सुप्रिम सहकारी प्रकरणसँग जोडिएको यो मुद्दाले अब नयाँ मोड लिएको छ।

    images
    images
    images

    रवि लामिछानेका समर्थकहरू यो घटनालाई नियन्त्रित प्रक्रिया भन्दै विरोध गरिरहेका छन् भने रविका आलोचकहरूले न्यायिक निष्कर्ष तर्फ बढेको कदम भनेका छन । तर प्रश्न उठ्छ—सहकारीको नाउँमा ठगिएका सर्वसाधारणले अब न्याय पाउँछन् त? कि फेरि यो पनि राजनीति मै थन्किने हो?

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।