Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

वायु प्रदूषणले खतराको तह पार गर्‍यो, बिहान हिँडेर झन् बिरामी नबनौँ : डा. अजित श्रेष्ठ

वायु प्रदूषणले खतराको तह पार गर्‍यो, बिहान हिँडेर झन् बिरामी नबनौँ : डा. अजित श्रेष्ठ

images
  • वायु प्रदूषणले खतराको तह पार गर्‍यो, बिहान हिँडेर झन् बिरामी नबनौँ : डा. अजित श्रेष्ठ
    images
    images

    काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको छ। छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठका अनुसार आँखा पोल्ने, घाँटी खसखसाउने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर बिरामीहरू अस्पताल पुग्न थालेका छन्। कतिपयलाई आइसियुमा राख्नुपर्ने अवस्था आएको छ।

    images
    images
    images

    अल्का अस्पतालका डा. श्रेष्ठ भन्छन्, “श्वासप्रश्वासका बिरामीसँगै छालाका समस्या, नाक, कान, घाँटी र आँखासम्बन्धी समस्या लिएर पनि बिरामी आउन थालेका छन्। वायु प्रदूषणले मुटुमा असर पार्ने भएकाले हृदयघातको सम्भावना पनि बढेको छ।”

    images
    images
    images

    वायु प्रदूषणबाट सबैभन्दा धेरै जोखिममा बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी महिलाहरू छन्। मुटु, मिर्गौला, श्वासप्रश्वास लगायत दीर्घरोगीहरूका लागि प्रदूषण झन् घातक भएको डा. श्रेष्ठको भनाइ छ। यस्तो अवस्थामा व्यायाम गर्ने नाममा बिहान बाहिर हिँड्नु अझै खतरनाक हुन सक्ने उनको चेतावनी छ।

    images
    images
    images

    “हामी स्वस्थ हुन मर्निङ वाक गर्छौं, तर अहिलेको जस्तो प्रदूषण भएको बेला बाहिर हिँड्दा अझै बिरामी हुन्छौं,” डा. श्रेष्ठ भन्छन्, “त्यसैले हिँडडुल गर्नैपर्ने भए घरमै हिँडौँ, घरमै व्यायाम गरौँ। हिँडेरै मात्र व्यायाम हुन्छ भन्ने गलत सोच अहिलेको लागि त्याग्नुपर्छ।”

    उनले सरकारले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विज्ञहरूसँग छलफल गरेर ठोस निर्णय लिनुपर्ने बताए। व्यक्तिगत रुपमा आफूले यो अवस्था खतराको तह पार गरिसकेको ठानेको बताउँदै उनले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न र सन्तुलित भोजनमा ध्यान दिन सुझाव दिएका छन्।

    बाहिर जानैपर्ने अवस्थामा भने मास्क प्रयोग गरेर आफूलाई जोगाउन सकिने उनले बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।