Logo

२०८३, कार्तिक २८गते


images
images

उल्टो बुद्धिका शासकले नेपाललाई सयौँ वर्ष पछाडि धकेले : प्रधानमन्त्री ओली

उल्टो बुद्धिका शासकले नेपाललाई सयौँ वर्ष पछाडि धकेले : प्रधानमन्त्री ओली

images
  • उल्टो बुद्धिका शासकले नेपाललाई सयौँ वर्ष पछाडि धकेले : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासमा पछि पर्नुको कारण विगतका ‘उल्टो बुद्धिका शासक’लाई ठहर गरेका छन्। शनिबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' कार्यक्रममा उनले राजनीतिक नेतृत्व, राज्य सत्ता र सामाजिक संरचनाले सयौँ वर्षसम्म देशलाई अन्धकारमै राखेको बताए।

    images
    images
    images

    ओलीको तर्कमा, नेपालको गौरवपूर्ण इतिहास र सभ्यताको थालनी महिलाबाट भएको थियो, तर सामन्ती सोचले ती महिलाहरुलाई पढ्न नहुने घोषणा ग¥यो। जो महिलाले वेद रचिन्, तिनै महिलालाई वेद पढ्न नमिल्ने व्यवस्था बनाइयो। नतिजा— आधा जनसंख्या ‘प्यारालाइज’ भयो। अरु त अछुत भनेर पढ्नै नपाउने बनाइयो। यस्तो प्रवृत्तिले समाजको ज्ञान, चेतना र गतिशीलतालाई थिच्यो। उनी भन्छन्, “कसरी देश अगाडि जान्थ्यो र? उल्टो बुद्धिका शासक आए, उनीहरुले महिलालाई बोल्न, हाँस्न, हिँड्न, पढ्न, केही गर्न दिएनन्। समाज रोकिन पुग्यो।”

    images
    images
    images

    ओलीले औपनिवेशिक प्रभाव र सामन्ती सोचले नेपाली समाजलाई आत्मनिर्भर बन्न नदिएको तर्क गरे। उनले नेपालले शिक्षाको आरम्भमै नेतृत्व लिएको भए पनि त्यसलाई अगाडि बढ्न नदिइएको गुनासो गरे।

    images
    images

    प्रधानमन्त्री ओलीको नजरमा आर्थिक समृद्धिको मूल कुञ्जी भनेको कृषि हो। उनले कृषिलाई आधुनिक, मेशिनयुक्त र व्यवसायिक बनाउनुपर्ने बताए। गाउँमा रहेका ठूला जनसंख्यालाई तालिम दिएर, साना लगानीका उद्योगहरू स्थापना गरेर, उनीहरूलाई गाउँमै रोजगारी दिने हो भने समृद्धिको यात्रा सहज हुने उनको धारणा छ।

     उनले भने, “सबैभन्दा ठूलो क्षेत्र अहिले पनि कृषि हो। तर त्यसलाई मेशिनिकरण नगरी, आधुनिक बनाइएन भने हामी अगाडि जान सक्दैनौँ। ग्रामिण क्षेत्रमै रोजगारी सिर्जना गरेर, तालिम दिएर, आम्दानी गराएर मात्र समाज गतिशील हुन्छ।”

    प्रधानमन्त्रीले वित्तीय संस्थालाई किसान र साना उद्यमीमैत्री बनाउने कानून सरकार बनाइरहेको बताए। उनी भन्छन्— “हामीले व्यवसायीलाई पनि सिकाउन थालेका छौँ। अब बैंकहरुले साधारण नागरिकलाई नयाँ तरिकाले सेवा दिनुपर्ने समय आएको छ। किसान, नागरिक, व्यवसायी र राज्यबीचको सम्बन्ध सहजीकरण गर्न हामी लागिरहेका छौँ।”

    प्रधानमन्त्री ओलीले सम्भावनाको देश नेपालप्रति निराश होइन, आशावादी भएर अघि बढ्नुपर्ने बताए। उनी भन्छन्, “प्राकृतिक स्रोत, खनिज, श्रमशक्ति सबै छ। अब सोच, नीतिगत व्यवस्था र कार्यान्वयनमा सुधार ल्याएर मात्रै हामी समृद्ध नेपाल बनाउँछौँ।”

    उनले सरकार सकारात्मक सोचका साथ व्यवसायी, उद्यमी र जनताको अपेक्षाअनुसार नीति बनाउँदै अघि बढिरहेको दाबी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।