Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अधिकांश भू-भागमा सुख्खियाली

देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अधिकांश भू-भागमा सुख्खियाली

images
  • देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अधिकांश भू-भागमा सुख्खियाली
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी ठाउँको मौसम मुख्यतया सफा छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा कतैकतै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा कतैकतै हल्का वर्षा र हिमपातको सम्भावना छ।

    images
    images
    images

    अधिकांश भू-भागमा वर्षा हुने सम्भावना न्यून भएकाले सुख्खियाली, आगलागी र वायु प्रदूषण बढ्न सक्छ। त्यसले स्वास्थ्य, जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर गर्न सक्छ। महाशाखाले सम्भावित असरबाट जोगिन सावधानी अपनाउन भनेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।