Logo

२०८३, आश्विन १०गते


images
images

बचतकर्ताको रकम सुरक्षित छ : कोलिय देवदह सहकारी

बचतकर्ताको रकम सुरक्षित छ : कोलिय देवदह सहकारी

images
  • बचतकर्ताको रकम सुरक्षित छ : कोलिय देवदह सहकारी
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। सहकारीको घोडाहा सेवा केन्द्रमा चोरी भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै सहकारीले बचतकर्तालाई त्रसित नहुन आग्रह गरेको हो।

    images
    images
    images

    गतराति सेवाकेन्द्रको झ्यालको ग्रिल फोडेर भित्र पसेको समूहले भल्टमा रहेको ८ लाख ४३ हजार ७ सय ८९ रुपैयाँ ३५ पैसा, एउटा डिभिआर र एउटा फोर्टिगेट उपकरण चोरी गरेको थियो ।

    images
    images
    images

    घटनापछि इलाका प्रहरी कार्यालय बुटवलले स्थलअनुगमन गरेको छ। देवदह प्रहरी कार्यालयमा उजुरी दिइएको छ भने चोरीमा परेको रकम बिमा दाबी प्रक्रियामा अघि बढाइएको सहकारीले जनाएको छ ।

    images
    images
    images

    संस्थाले आन्तरिक सुरक्षामा कडाइ गर्दै घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। कार्यालयमा रहेका कागजात, सिस्टम र अन्य भौतिक सम्पत्तिमा क्षति नभएको संस्थाको भनाइ छ। सहकारीको सेवा चैत्र २५ गते बिहान ९:३० बजेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी दिइएको छ।

    अनुसन्धान प्रभावित नहोस् भनेर केही संवेदनशील विवरण नखुलाउने निर्णय गरिएको सहकारीले जनाएको छ।
      
    संस्थाले यो घटनालाई सहकारी क्षेत्रमै सुरक्षा चुनौतीका रूपमा लिँदै दोषी पहिचान र कारबाहीका लागि सुरक्षा निकायलाई आग्रह गरेको छ। अन्य संघसंस्थालाई पनि सुरक्षा सजगता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।