Logo

२०८३, कार्तिक २८गते


images
images

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला

'राष्ट्र बैंकको गभर्नर बनाउन समेत विचौलियाहरू चलखेल गरिरहेका छन्'
images
  • देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला
    images

    काठमाडौं । सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व तह नै विचौलियाको खेलमा संलग्न भएको आरोप लगाएका छन्। आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले देश विकासमा विचौलियाले मुख्य बाधा बनिरहेको टिप्पणी गरे।

    images
    images
    images

    ‘आज हेर्नुस्, केही दिनअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिनुभयो। कारण के हो भने– काम गर्न दिइएन। धेरै प्रेसर पर्‍यो, मैले सकिनँ भन्नुभयो।' उनले भने, 'त्यो प्रेसर कसको हो भने, विचौलियाहरूको।’

    images
    images
    images

    कोइरालाले नेतृत्व तह नै विचौलियाको प्रभावमा चल्न थालेपछि देशको मूल विकास एजेण्डा नै बिथोलिएको दाबी गरे। ‘हाम्रा नेतृत्वहरू विचौलियाको खेलमा सहभागी भइरहेका छन्। त्यसैले समस्या आइरहेको छ,’ उनले भने।

    images
    images

    उनको धारणा अनुसार, नेपाललाई समृद्ध बनाउने हो भने तीन–चारवटा कुरामा ध्यान दिन जरुरी छ—जसको सुरुआत विचौलियाबाट सचेत हुनेबाट हुन्छ।

    त्यसक्रममा उनले वर्तमान संविधान संशोधन आवश्यक रहेको पनि बताए। संविधान संशोधनको कुरा काँग्रेस–एमाले गठबन्धन सरकार बनेकै बेला गरिएको स्मरण गराउँदै उनले भने, ‘प्रधानमन्त्री ओलीले संसदको रोष्ट्रममै संविधान संशोधनको कुरा गर्नुभएको हो। हामी संविधान पुनर्लेखन होइन, सुधारको कुरा गरिरहेका थियौं। तर नौ महिना बित्दा पनि त्यसतर्फ ध्यान दिइएको छैन।’

    देशको आर्थिक अवस्था नाजुक भएको भन्दै उनले सरकारको तर्फबाट ऐनमार्फत सुधारको प्रयास गरिएकोमा त्यसप्रति पनि शंका गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘हामीले सुन्दैछौं, राष्ट्र बैंकको गभर्नर बनाउन समेत विचौलियाहरू चलखेल गरिरहेका छन्। यो कुरा सत्य हो भने देशकै लागि दुर्भाग्य हुनेछ।’

    कोइरालाले भ्रष्टाचारको विषयमा सबै सरकार असफल भएको बताए। ‘सबै प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरे। तर त्यसलाई कार्यान्वयन गर्न सकेनन्। सुशासनका नाममा कुरा गरियो, तर परिणाम देखिएन,’ उनले भने।

    नेपालको समृद्धिको लागि हाइड्रोपावर, कृषि, ग्रिन इन्डस्ट्रीलाइजेसन र डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

    ‘नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास सम्भव छ। के नेपाल बनाउन सकिँदैन? सकिन्छ,’ कोइरालाको भनाइ थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।