काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान गरिएको छ। काठमाडौं उपत्यकामा आंशिक बदली रहनेछ। धुलो र प्रदूषणका कारण हावापानी असहज महसुस हुन सक्ने भएकाले स्वास्थ्यमा सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ भने तापक्रम पनि सामान्य रहनेछ।
महाशाखाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। धुलोयुक्त वातावरणका कारण मास्कको प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन चिकित्सकले पनि सुझाव दिएका छन्। मौसमसम्बन्धी थप जानकारीको लागि महाशाखाको आधिकारिक वेबसाइट वा स्थानीय सूचनामा भर पर्ने सुझाव दिइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology