एजेन्सी । गाजामा युद्ध रोक्ने सहमति कार्यान्वयन गर्न दबाब दिन इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र साउदी समकक्षी फैसल बिन फरहान अल साउदले आपसमा कुरा गरेका छन्। इजिप्टको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर उनीहरूबीच फोन वार्ता भएको जनाएको हो।
गाजामा इजरायलले आक्रमण बढाइरहेका बेला दुबै मन्त्रीले युद्धविराम सम्झौताका तीनवटै चरण कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनीहरूबीच अरब–इस्लामिक मन्त्रीस्तरीय समितिको आगामी रणनीति, गाजाको पुनर्निर्माणका लागि अरब देशहरूको प्रस्ताव, र त्यसलाई अघि बढाउन अन्तर्राष्ट्रिय तहमा भइरहेका प्रयासबारे पनि छलफल भएको छ।
इजरायलले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम तोडेको र गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology