एजेन्सी । गाजामा इजरायलले फेरि सुरु गरेको आक्रमणको विरोधमा हजारौं मोरक्कोलीहरू राजधानी राबातमा सडकमा ओइरिएका छन्। संसद भवननजिक भेला भएका प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराउँदै, गाजाको नाकाबन्दी अन्त्य गर्न र प्यालेस्टिनी जनताको पक्षमा ऐक्यवद्धता जनाउँदै नारा लगाएका छन्।
उनीहरूले मोरक्को सरकारसँग इजरायलसँग रहेका सबै राजनीतिक सम्बन्ध तोड्न माग गरेका छन्। प्रदर्शन 'मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसन' ले स्थानीय मानव अधिकार समूहहरूको साथमा आयोजना गरेको हो।
इजरायलले मार्च २ देखि गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको छ। पछिल्लो आक्रमण सुरु भएयता १ हजार ३३५ प्यालेस्टिनी मारिएका छन्। ३ हजार २९७ जना घाइते छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology