एजेन्सी । तान्जानियाली विश्लेषक हम्फ्रे मोशीले अमेरिकाले भन्सार नीतिको दुरुपयोग गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो कदमले अन्तर्राष्ट्रिय व्यापारमा असहनीय लागत थप्ने चेतावनी दिएका छन्।
मोशीका अनुसार भन्सारको यस्तो प्रयोगले अन्तर्राष्ट्रिय व्यापार र सहयोगका मूल सिद्धान्तविपरीत काम गरिरहेको छ। देशहरूबीच व्यापार र सहकार्य अपरिहार्य भएको भन्दै उनले प्राकृतिक नियमविरुद्ध जाने कुनै पनि धारणा वा नीतिले विश्वव्यापी रूपमा नोक्सान पुर्याउने बताए।
उनले भन्सारले आयातकर्ता र निर्यातकर्ता दुवैका लागि उत्पादन लागत बढाउने र यस्तो उपाय अन्ततः प्रतिउत्पादक हुने स्पष्ट पारे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology