काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। मंगलबार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकार देशमा स्थायित्व, सुशासन र विकासको मार्ग खुला गर्नका लागि बनेको भन्दै त्यसलाई ढाल्ने सपना देखिरहेकाहरू अब थाकिसकेको बताए।
प्रधानमन्त्री ओलीका अनुसार सरकार गठनदेखि नै अस्थिरता फैलाउने प्रयास भइरहे पनि जनताको अपेक्षा र राष्ट्रिय आवश्यकता अनुसार दुई ठूला दल मिलेर स्थायित्व कायम गरिएको हो। उनले भने, ‘दिनैपिच्छे सरकार फेरिन्छ कि भन्ने दाउपेचको अन्त्यका लागि यो समीकरण बनाइएको हो। केहीलाई त यो खेलजस्तै लागिरहेको थियो, तर अब उनीहरू पनि थाकिसके।’


















.gif)