देवदह । देवदह व्यापार संघले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार पानबारीस्थित सचिवालयमा आयोजित एक कार्यक्रम बीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले भित्तेपात्रो विमोचन गरिन्।
कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा, नेकपा माओवादी केन्द्र देवदह नगर अध्यक्ष दीपक न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी सदस्य विकास गहतराज, नेवापुच देवदहका अध्यक्ष कुशलराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कोषबहादुर गुरुङले गरेका थिए भने सञ्चालन महासचिव हरिलाल भण्डारीले र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष माधव ढकालले राखेका थिए। कार्यक्रममा देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज एकबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology