काठमाडौं । देशमा अहिले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको सम्मिलित प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ, भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था देखिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभर तुवाँलो लागेको अवस्था छ।
कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा अझै एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने संकेत छ।
यस्ता मौसमी अवस्थाबाट अहिले देखिएको देशव्यापी तुवाँलो केही मात्रामा कम हुने अनुमान गरिएको छ। वर्षा, हिमपात र तुवाँलोका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology