Logo

२०८३, आश्विन १०गते


images
images

विनिमय दर

डलर–युरोको भाउमा निरन्तर बृद्धि

डलर–युरोको भाउमा निरन्तर बृद्धि

images
  • डलर–युरोको भाउमा निरन्तर बृद्धि
    images
    images

    काठमाडौं । विदेशी मुद्राहरूको भाउमा लगातार बृद्धि भएको छ । अमेरिकी डलर र युरोपियन युरोको मूल्य मंगलबारको तुलनामा बुधबार झनै बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर अनुसार, एक अमेरिकी डलर किन्न १३७ रुपैयाँ ७३ पैसा र बेच्न १३८ रुपैयाँ ३३ पैसा लाग्छ । मंगलबारको तुलना गर्दा यो दर झण्डै ७० पैसाले बढी हो ।

    images
    images
    images

    त्यस्तै, युरोपियन युरोको भाउ पनि बढेको छ । आज एक युरोको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा पुगेको छ, जुन मंगलबारको तुलनामा करिब ६५ पैसाले बढी हो ।

    images
    images
    images

    पाउन्ड स्ट्रलिङदेखि स्वीस फ्रयांक, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्म धेरैजसो प्रमुख विदेशी मुद्राको दर उकालो लागेको छ । केन्द्रीय बैंकका अनुसार युके पाउन्ड स्ट्रलिङको बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक १६१ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर ८३ रुपैयाँ ५६ पैसा, र क्यानेडियन डलर ९७ रुपैयाँ ४९ पैसा पुगेको छ ।

    images
    images
    images

    जापानी येन १० को मूल्य ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन १८ रुपैयाँ ८५ पैसा, र साउदी रियाल ३६ रुपैयाँ ८५ पैसा पुगेको छ । कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेटलगायत सबै मुद्राको विनिमय दरमा क्रमशः वृद्धिदेखिएको छ ।

    कुवेती दिनार अहिले एकको दरमा ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार ३६६ रुपैयाँ ९७ पैसा र ओमनी रियाल ३५९ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ एक सयको दरमा खरिद १६० रुपैयाँ र बिक्री १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।