Logo

२०८३, आश्विन १०गते


images
images

विश्व बजार

अमेरिकी करको असर कम गर्न स्पेनले बनायो रणनीतिक योजना

अमेरिकी करको असर कम गर्न स्पेनले बनायो रणनीतिक योजना

images
  • अमेरिकी करको असर कम गर्न स्पेनले बनायो रणनीतिक योजना
    images
    images

    एजेन्सी ।  स्पेनी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघमा उत्पादित सामानहरूमा लगाइएको २० प्रतिशत करको प्रभाव कम गर्न विभिन्न उपायहरू पारित गरेको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले अप्रिल ३ मा योजनाको घोषणा गरेका थिए। त्यसको निरन्तरतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले व्यावसायिक प्रतिक्रिया र पुनःशुरुआत योजना अनुमोदन गर्‍यो।

    images
    images
    images

    बैठकपछि पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पिलर एलेग्रियाले योजनालाई व्यवसाय र श्रमिक सुरक्षातर्फको सकारात्मक पहलको रूपमा व्याख्या गरिन्। उनले भनिन्– ‘यो योजना व्यवसाय र कामदारहरूको सुरक्षाका लागि अघि बढाइएको कदम हो।’

    images
    images
    images

    यस योजनामा स्पेनी कम्पनीहरूको उत्पादन, लगानी, तरलता र निर्यातलाई सहयोग पुर्‍याउने व्यवस्था गरिएको छ। साथै वित्तीय पहुँचमा सहजीकरण गर्ने ग्यारेन्टीहरू र कोभिड–१९ को समयमा उत्पन्न ऋणमा स्थगनको विस्तार पनि समावेश गरिएको छ।

    images
    images
    images

    स्पेनका अर्थमन्त्री कार्लोस कुएर्पोले उच्च अनिश्चितताको चरणमा स्पेनी निर्यातकर्ताहरू जटिलतामा परिरहेको उल्लेख गर्दै भने– ‘संयुक्त राज्य अमेरिकामा स्पेनले निर्यात गर्ने लगभग ८० प्रतिशत उत्पादनहरू नयाँ भन्सार शुल्कबाट प्रभावित हुनेछन्।’

    प्रधानमन्त्री सान्चेजले शुक्रवार उपायहरूको घोषणा गर्दा तिनीहरूलाई तत्काल राहत दिने र अमेरिकी शुल्कको मारमा पर्न सक्ने क्षेत्रहरूलाई सुरक्षित गर्ने रणनीतिको रूपमा चित्रण गरेका थिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।