देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको भित्तेपात्रो विमोचन भएको छ। बुधवार एक कार्यक्रम बीच देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नयाँ वर्ष २०८२ को पात्रो विमोचन गरिन्।
कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सहकारीले महिलालाई संगठित गरी आय आर्जनमा जोडेको बताइन्। शेयर सदस्यहरुलाई सहकारीको मालिक संचालक समिति र कर्मचारी होइन, हामी नै मालिक हौँ भन्ने बुझाउन जरुरी रहेको उल्लेख गर्दै उनले सहकारी शिक्षा र बित्तिय साक्षरता आवश्यक रहेको औंल्याइन्।
त्यसैगरी देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाले वडाका सबै महिला सहकारीमा आवद्ध होउन् भन्ने आफुले चाहेको बताए। सहकारी संस्था र वडा कार्यालय बीच सहकार्य हुँदै आएको र आगामी दिनमा पनि आवश्यक सहकार्य गरिने उनले बताए।
सहकारीका अध्यक्ष मिना कुमारी भुसाल पौडेलले नगरपालिकामा रहेका पाँच वटा महिला सहकारीलाई मर्ज गरी एउटै बनाउन आवश्यक गृहकार्य भैरहेको बताइन्।
वि. सं. २०६५ सालमा स्थापना भएको सहकारीमा एक हजार तीन सय पाँच जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य रुपा ढुंगाना, सहकारीका व्यवस्थापक गीता बस्नेत, वडा जनप्रतिनिधि देवी न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका सचिव ओविता ज्ञवाली गौतमको सन्चालन र उपाध्यक्ष शर्मिला पन्तको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology