काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अहिले विकास र सुशासन आवश्यक रहेको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए ।
नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले कतै नदेखिने गरी अझै पनि भ्रष्टाचार भइरहेका छन् कि भन्ने शंका आफूलाई लागेको बताए । उनले सुशासन र भ्रष्टाचारसँगै जान नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए ।
ओलीले मुलुक विकासको बाटोमा अघि बढ्न तयार रहेको भन्दै सरकार स्थिर रहेको दाबी गरे। उनले भने– “सरकार भोलि फेरिन्छ कि भन्ने अवस्था छैन । यो सरकार कम्तिमा २०८४ सालको निर्वाचनसम्म जान्छ । त्यसपछि पनि यो क्रम जारी रहन्छ ।”
प्रधानमन्त्रीले उद्योगी, व्यवसायी र श्रमजीवीहरूप्रति समर्थन रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology