Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ - राजनीति

'अमेरिकी कर नीतिले असर गर्छ, नीतिगत अड्चनले जलविद्युत रोकियो'

'अमेरिकी कर नीतिले असर गर्छ, नीतिगत अड्चनले जलविद्युत रोकियो'

images
  • 'अमेरिकी कर नीतिले असर गर्छ, नीतिगत अड्चनले जलविद्युत रोकियो'
    images
    images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले अमेरिकाले बढाएको विश्वव्यापी करको असर नेपालमा पनि पर्ने बताएका छन् । उनले भारतको अर्थतन्त्रमा पर्ने असरको सिधा असर नेपाली अर्थतन्त्रमा पनि देखिने स्पष्ट पारे ।

    images
    images
    images

    बुधवार काठमाडौंमा सम्पन्न चेम्बरको ७४ औँ वार्षिक साधारणसभामा बोल्दै उनले नेपालको विदेशी विनिमय दर भारतीय रुपैयाँसँग स्थिर भएकाले भारतमा पर्ने झट्काको चेन इफेक्ट नेपालमा पनि देखिने बताए ।

    images
    images
    images

    उनले नेपाल उज्यालो युगमा पुगे पनि जलविद्युत क्षेत्रमा नीतिगत अड्चनका कारण ठूला आयोजना अल्झिएको बताए । सरकारबाट ५० भन्दा बढी जलविद्युत आयोजनाको आईपीओ रोकिएको, अदालतको फैसला र वन मन्त्रालयका निर्देशनले प्रसारण लाइन निर्माणमा अवरोध भएको, अनि यसबाट लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको उनको भनाइ थियो ।

    images
    images
    images

    अध्यक्ष अग्रवालका अनुसार, ऊर्जा विधेयकका केही प्रावधान र प्रशासनिक झन्झटले जलविद्युत आयोजनाहरु बन्नै नसक्ने अवस्था आएको छ । आईपीओ रोकिँदा आयोजना निर्माणमा वित्तीय संकट देखिएको र यो समस्या समाधानका लागि संसदबाट विधेयक संशोधन गर्नुपर्ने उनले बताए ।

    त्यस्तै, उनले पर्यटन क्षेत्र पनि नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्ने उल्लेख गर्दै रामायण पथ र बुद्ध सर्किटको प्रभावकारी कार्यान्वयन गरी चीन र भारतबाट धार्मिक पर्यटक भित्र्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।