Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा, तुवालो हट्दै

विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा, तुवालो हट्दै

images
  • विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा, तुवालो हट्दै
    images

    काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव मौसममा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

    images
    images
    images

    कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हाल चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तो अवस्था रातिसम्म जारी रहने महाशाखाले जनाएको छ ।

    images
    images
    images

    उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ । यसबाट अहिले देखिएको देशव्यापी तुवाँलो क्रमिक रूपमा घट्ने अनुमान गरिएको छ ।

    images
    images

    चट्याङ्गसहित वर्षाको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।